सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७६ माघ २, ०७:०२ खबर संवाददाता

कैलाली: कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। जिल्लाको भजनी नगरपालिका वडा नम्वर ५ लालभोजी सडकमा युपि ३१४३ ९५४ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाइते भएका हुन्।

दुर्घटनामा वडा नम्वर ५ कै मोटरसाईकल चालक ३१ बर्षीय रामबहादुर चौधरी र मोटरसाईकलमा सवार २४ बर्षीय ज्ञानवहादुर चौधरी घाइते भएका हुन्।

ज्ञानबहादुरको भजनीमा उपचार भईरहेको छ भने रामबहादुरलाई कोहलपुर रेफर गरिएको छ।

कमेन्ट लोड गर्नुस