सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको हसुलियामा थारु साँस्कृतिक प्रदर्शनी सुरु

२०७६ माघ २, ०६:३७ खबर संवाददाता

कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा आजदेखि साँस्कृतिक प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको एक कार्यक्रमकाबिच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरे।

उद्धघाटन गर्दै मुख्यमन्त्री भट्टले कैलारी गाउँपालिकाका जनताले उठाएको विकासका सवाल जायज रहेको बताउँदै प्रदेश सरकारले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे। सांस्कृतिको जगेर्ना र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले मल्टि युथ युवा क्लबको आयोजना र कैलारी गाउँपालिकाको सहकार्यमा साँस्कृतिक प्रदर्शनी महोत्सव सुरु भएको हो। दुई दिनसम्म चल्ने महोत्सव उद्घाटनको अवसरमा सखिया, झुम्रा, मुङ्ग्रहुवा, कठघोरी, बर्का नाच, होरी नाच लगायतको नृत्य देखाइएको थियो।

यसैगरी, विभिन्न साँस्कृतिक झाँकीसहित हसुलिया बजार परिक्रमा पनि गरिएको थियो। महोत्सवमा विभिन्न गाउँको नृत्य र खेलकुद प्रतियोगिता रहेको भइरहेको छ। यसैगरी, थारु राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहेको आयोजकले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस