गोदावरी धाममा २ लाख बढीले स्नान गरेको दाबी
कैलालीको गोदावरी धाममा माघे सक्रान्तिको दिन झण्डै दुईलाख भन्दा बढी भक्तजनहरुले स्नान गरेको दाबी गरिएको छ। बाह्रराशि दर्शन मकर मेला लागेको धाम क्षेत्रमा आज २ लाख भन्दा बढि भक्तजनहरुले स्नान गरेको आयोजकले दावी गरेको हो।
आयोजक गोदावरी धामका अध्यक्ष पदमराज जोशीले दिनरभरी नै भक्तजनहरुको धाममा घुईचो लागेको बताए। गोदावरीमा स्नानका लागि सुदूरपश्चिमका ९ वटै जिल्लाका वासिन्दाहरु पुगेको उनले बताए। स्नानका लागि गोदावरी धाम समितिले स्नान कुण्डहरुको समेत व्यवस्थापन गरेको थियो। मकर मेला १२ दिन सम्म चल्ने छ।