धनगढीका ठग्गुरामको परिवारलाई दुई लाख बढी सहयोग
कैलाली: कैलालीको कैलारी गाउँपालिका शिवरत्नपुर घर भई मनहेरा शिविरमा बस्दै आएका ठग्गुराम चौधरीको परिवारलाई बुधवार २ लाख १९ हजार ४ सय २० रुपैँया सहयोग हस्तान्तरण गरिएको छ।
अमेरीकामा रहेका नेपाली यूवाहरुले संकलन गरेको रकम धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उद्योग बाणिज्य संघ कैलालीका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष दिर्घराज उपाध्यायले सयुक्त रुपमा हस्तान्तरण गरेका हुन। नगदसंगै कम्वल र झोला तथा स्टेशनरी पनि प्रदान गरिएको छ।
ठग्गुराम रिक्सा चालक हुन। आर्थिक स्थिति कमजोर भएकै कारण उनकी श्रीमतीले छोडिसकेकी छिन्। ठग्गुरामसंग ३ बर्षिया छोरी राधीका मात्रै छिन्। उनी ३ बर्षिया छोरीलाई समेत रिक्सामा राखेर सवारीको खोजीमा हिड्ने गरेका छन्।
उनको यो कथा विद्या चापागाईले आफ्नो यूवटुयूव च्यानलमा राखेपछि अमेरीकामा रहेका पत्रकार बिष्णु पौडेल लगायतको टिमले सहयोग जुटाएर सहयोग गरेको हुन्।