’चिनौं सिमाना, जोगाऔं माटो’ अभियान कैलालीमा
नेपाल विद्यार्थी संघद्वारा सचालित ’चिनौं सिमाना, जोगाऔं माटो’ अभियान कैलालीमा पुगेर समापन भएको छ।
’चिनौं सिमाना, जोगाऔं माटो’ अभियानअन्तर्गत कोरौं नेपालको वास्तविक नक्सा कार्यक्रम कैलालीको अत्तरियामा पुगेर समापन भएको हो। संघीय राजधानी काठमाडौंको बसन्तपुरबाट सुरु भएको अभियान कैलालीमा पुगेर समापन भएको विद्यार्थी संघले जानकारी दिएको छ।
अभियान समापन कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय पूर्व महामन्त्री कुन्दनराज काफ्लेले सातवटै प्रदेशका विद्यार्थीले नेपालको वास्तविक नक्सा कोरेर राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको बताए। ’नेपालमा मिचिएको भूमि फिर्ता नहुँदासम्म यस्ता अभियान निरन्तर हुनुपर्ने छ, उनले भने, ’मिचियको भूमि भारतले फिर्ता नगरे संयुक्त राष्ट्र संघमा र्पुयाउने छौँ।’
समापन कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कैलालीका नेता नुपबहादुर सुनारले भारतले कैलाली कचनपुरका सीमा अतिक्रम गरिरहेकोले यसतर्फ सबै चनाखो रहने वेला आएको बताए। समापन कार्यक्रममा नेविसंघका क्षेत्रीय सभापति गणेश शाह, पदम ओझा, दुर्गा कापडी, दिपक ओझालगायले शुभकामना मन्तव्य व्यक्त गरे।