धनगढीको क्यास्पियन ऐकेडेमीद्धारा कपडा बैंकलाई सहयोग
२०७६ पुष २८, ०६:१०
धनगढी: धनगढीको क्यास्पियन ऐकेडेमीले धनगढीको कपडा बैंकलाई सहयोग गरेको छ। ऐकेडेमीले उपमहानगरपालिकाको वडा नम्बर ४ शिवपुरीमा रहेको कपडा बैंकलाई कपडा सहयोग गरेको हो।
विद्यालयमा दुईदेखि दश कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरु र शिक्षकबाट ५ सय ६७ थान कपडा संकलन गरि सहयोग गरिएको बताइएको छ।
कमेन्ट लोड गर्नुस