कैलालीमा बाख्रा चोर्ने तीन युवक पक्राउ
२०७६ पुष २७, ०७:३८
कैलाली प्रहरीले बाख्रा चोरी गर्ने तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षका प्रकाश नेपाली, १९ वर्षीय सुनिल बोहोरा र २४ वर्षीय दिनेश सुवेदीलाई बाख्रा चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए।
उनका अनुसार स्थानीयको बाख्रा चोरी काट्दै गरेको अवस्थामा तीनैजनालाई पक्राउ गरिएको हो।
कमेन्ट लोड गर्नुस