धनगढीमा पनि मनाईयो पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस
धनगढी– राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती आज धनगढीमा पनि मनाइएको छ।
वि.स १७७९ मा आजकै दिन अर्थात पुस २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रको रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो। पृथ्वीजयन्तीका अवसरमा धनगढीमा साझा पार्टी, विश्व हिँन्दु एकता मञ्च लगायतका धार्मीक संस्थाहरुले प्रभातफेरीको आयोजना गरेका थिए। धनगढीको ट्राफिक चौराहबाट सुरु भएको प्रभातफेरी पार्कमोडमा कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा उनीहरुले पृथ्वीनारण शाहका कारण नेपाली भन्न पाएको बताएका छन्। शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।
राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो।