सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानिय तहमा वडा वडाबाट वस्ती स्तरीय योजना छनोटको चटारो

२०७५ असार १, १२:०७

दार्चुलाका सबैजसो स्थानीय तह योजना छनौटमा व्यस्त हुन थालेका छन्। नयाँ आर्थिक वर्ष २०७५÷७६ का लागि वडा वडाबाट सहभागितामुलक बस्ती स्तरीय योजना छनोटको तयारीमा जनप्रतिनिधि र स्थानिय सरकार लागेका हुन्। ९ ओटा स्थानिय तह रहेको दार्चुला जिल्लाको अधिकासं स्थानिय तहले बस्ती स्तरीय योजना छनोट गरीरहेको र केहि स्थानिय सरकारहरुले केहि दिनभित्रै योजना छनोट शुरु गर्ने तयारी रहेको जनाएका छन्। अगामी आर्थिक बर्षको जिल्लाको ९ वटै स्थानीय तहहरूले आ–आफ्नो ठाउँमा प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने तयारी गरेसंगै धमाधम योजनाहरु छनोट गर्न लागिएको जनप्रतिनिधिहरुले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस