धनगढीमा साझा पार्टीले राष्ट्रिय एकता दिवस मनाउने
साझा पार्टीले पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवसका रूपमा मनाउने भएको छ। पार्टीको केन्द्रले ताकेअनुसार नै आउँदो आइतबार पुस २७ गते धनगढीमा पनि पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवसका रूपमा मनाउने बताइएको छ।
दिवसका अवसरमा साझा पार्टीले धनगढीको चौराहाबाट पार्कमोडसम्म र्यालीको आयोजना गर्ने छ। उक्त र्याली पार्कमोडमा पुगेपछि कोणसभामा परिणत हुने साझा पार्टी कैलालीका संयोजक प्रकाश भट्टले जानकारी दिए।