सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा २ जना घाईते

फाईल फोटो
फाईल फोटो
२०७६ पुष २४, ०२:३९ खबर संवाददाता

डोटीमा एम्बुलेन्स र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जना घाईते भएका छन्। जोरायल गाउँपालिका वडा नम्वर २ गरुडामा जोरायल गाउँपालिकाको से १ झ ३०५ नम्वरको एम्बुलेन्स र से ४ प ५०९२ नम्वरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जना घाईते भएका हुन्।

मोटरसाईकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ बस्ने २३ बर्षिय राजु भण्डारी र मोटरसाईकलमा सवार सोही ठाउँका २६ बर्षीय गणेश बोहरा घाईते भएका हुन्। घाईते मध्ये भण्डारीको अवस्था गम्भिर भएकाले उपचारका लागि भारत रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस