सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रमण वर्षको योजनाबारे सुदूरपश्चिमको नीजि क्षेत्र अनविज्ञ

२०७६ पुष २२, ०५:४२ खबर संवाददाता

डोटी: नेपाल भ्रमण वर्षको योजनाबारे सुदूरपश्चिम प्रदेशका निजी क्षेत्र अनविज्ञ रहेको बताइएको छ। डोटीमा आयोजित एक छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन। 

भ्रमण वर्षको अवसरमा उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ डोटीसँगको छलफलमा उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले भ्रमण वर्षका लागि प्रदेश स्तरबाट थालिएका पहल तथा योजनाबारे आफुहरु अनविज्ञ रहेको बताएका छन्। 

‘प्रदेश सरकारले निजि क्षेत्रलाई आफ्ना योजनाबारे कुनै जानकारी नै दिएको छैन’ उनले भने ‘सरकारले निजि क्षेत्रसँग समन्वय नगर्नु चिन्ताजनक छ।’ सरकारले कुनै सहकार्य नगरेपनि आफुहरु भने सरकारलाई सघाउन तयार रहेको उनले बताएका छन्। भम्रण वर्षलाई सफल बनाउन निजि क्षेत्रले महत्वपूर्र्ण भुमिका खेल्नुपर्ने अध्यक्ष बोगटीकाे भनाई छ। 

त्यस्तै छलफलमा बोल्दै डोटि उद्योग वाणिज्य संघका अध्यक्ष  मोहनबहादुर कलेलले डोटीमा रहेका धार्मिक एवं पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अवलोकन गराउन आफुहरु तयार रहेको बताएका छन्।  

पर्यटकीय गन्तव्य आसपासका स्थानीय जनतालाई प्रत्यक्ष आयआर्जनका क्रियाकलाप पुशुपालन, तरकारीखेती, सिपमुलक तालिम र होमस्टे संचालनका लागि स्थानीय तहले पहल गर्नुपर्ने होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा डोटि उद्योग वाणिज्य संघका महासचिव  दिपकबहादुर खड्काले बताए।  
 

कमेन्ट लोड गर्नुस