सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिलायबल ईन्सोरेन्सद्धारा बिमा दावी वापतको झण्डै २ लाख भुक्तानी

२०७६ पुष २१, ०६:२२ खबर संवाददाता

रिलायबल नेपाल लाइफ ईन्सोरेन्सले  बिमा दावी वापतको झण्डै दुई लााख भुक्तानी गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का बिष्णु भण्डारीलाई बिमा दावीको एक लाख ९० हजार भुक्तानी गरिएको रिलायबल लाइफ इन्सोरेन्सले जनाएको छ।

भण्डारीकी श्रीमतीले श्रीमती रन्जु हमाल भण्डारीले छ सय ४० रुपैँया तिर्दै गरेको म्यादी बिमा वापतको दावी बराबरको भुक्तानी दिईएको ईन्सोरेन्सको धनगढी शाखा प्रमुख चन्द्रबहादुर बिष्टले जानकारी दिए।

रन्जुको मृत्युपछि बिमा दावी वापतको रकम उनका श्रीमानलाई दिईएको हो। उक्त रकम धनगढीका शाखा प्रमुख बिष्ट र घोडीघोडा लघु बित्त बित्तिय संस्था गेटाका प्रमुख बसन्त चौधरीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।
  

कमेन्ट लोड गर्नुस