सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी सुधार गर्न २१ बुद्धे आचारसंहिता जारी

२०७५ जेठ ३१, १०:४९

जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लामा कार्यरत प्रहरी सुधार गर्ने भन्दै २१ बुद्धे आचारसंहिता जारी गरेको छ। बुधबार जिल्लाभरीका मातहतका प्रहरीको लागि भन्दै २१ बुद्धे आचारसंहिता सार्वजनिक गरिएको हो। प्रहरी नायव उपरीक्षक नवराज अधिकारीद्धारा प्रकाशित निर्देशनात्मक आचारसंहिता मातहतका सबै प्रहरीले अनिवार्य रुपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ। यो आचारसंहिता लागु भएपछि प्रहरीले ड्युटीको बेला सामाजिक सञ्जालमा नेट चलाउन, तथा गीत भिडियो सुन्न तथा हेर्न प्रतिबन्ध लगाइएको छ।

ड्युटीमा खटिदा ध्यान अन्यत्र जाँदा कार्य सम्पादनमा असर पर्ने भन्दै आचारसंहिता कडाईका साथ कार्यान्वयन गरिने डिएसपी अधिकारीले बताए। यसैगरी मादक पदार्थ सेवन गर्न नपाइने, अत्यधिक मदिरा सेवन गरेको, अशक्त, घाइते तथा मानसिक स्थिति ठिक नभएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा नलिने र हिरासतमा समेत नल्याउने नियम बनाईएको छ।  

कमेन्ट लोड गर्नुस