पोलमा आगलागी हुँदा धनगढीका विभिन्न स्थानको विद्युत सेवा अवरुद्ध
२०७६ पुष १९, ०७:२९
पोलमा आगलागी हुँदा धनगढीका विभिन्न स्थानको विद्युत अवरुद्ध भएको छ। धनगढी उप–महानगरपालिकाको राष्ट्र बैंक चोकमा रहेको विद्युतको पोलमा विहानै आगलागी भएपछि धनगढी बजार सहित विभिन्न स्थानको विद्युत सेवा अवरुद्ध भएको हो। यता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले भने मर्मत गरी छिट्टै विद्युत सेवा सुचारु गर्ने जनाएको छ।
कमेन्ट लोड गर्नुस