बर्षाका कारण फूलबारी महोत्सब एक दिनका लागि स्थगित
२०७६ पुष १८, ०९:१२
धनगढी– बर्षाका कारण धनगढी उप–महानगरपालिका– १४ फूलवारीमा जारी फूलवारी महोत्सव एक दिनका लागि स्थगीत भएको छ। बर्षाले सम्पूर्ण कार्यक्रम एक दिनको लागि स्थगित गरिएको आयोजकले जनाएको छ।
आयोजक न्यू बुद्ध स्पोर्ट युवा क्लबका अध्यक्ष महेश गोलेले शुक्रबारका सबै निर्धारित कार्यक्रम स्थगन गरिएको बताउँदै भोलीदेखि पुनः महोत्सवका कार्यक्रम सञ्चालन हुने बताए।
कमेन्ट लोड गर्नुस