धनगढीका तीन सय बिपन्न परिवारलाई न्यानो कपडा वितरण
धनगढी– धनगढी उप–महानगरपालिका क्षेत्रका तीन सय गरिव तथा अति बिपन्न परिवारलाई ओढ्ने र बिछउने कपडा वितरण गरिएको छ। मानवताका लागि अनेकौं प्रयास नेपाल संस्थाको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो। बिहीबार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र अध्यक्ष भक्तराज जोशीले गरिव तथा बिपन्नहरुको बस्तीमै पुगेर न्यानो कपडा हस्तान्तरण गरेका हुन्।। मानवताका लागि अनेकौ प्रयास नेपालका अध्यक्ष भक्तराज जोशीले आफुहरुको काम सधै मानवताका पक्षमा हुने गरेको बताए।
आफुहरुले जाडोका लुगा मात्रै नभएर गर्मिको समयमा गरिव र मुक्त कमैयाको बस्तीमा झुल समेत वितरण गरेको अध्यक्ष जोशीले बताए। अत्याधिक जाडो बढेकाले विपन्न परिवारलाई राहत पुगोस भनेर कम्वल र डसना वितरण गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए। यस्तै मानवताका लागि अनेकौ प्रयास नेपालको सहयोगमा धनगढीमै ७५ जना यूवा यूवतीका लागि डिप्लोमा तहको निशुल्क कम्यूटर तालिम र २५ जनाका लागि आधारभूत कम्यूटर तालिम बिहीबार बाट नै संचालन गरिएको छ। उक्त तालिमको नगरप्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए।