जबरजस्ती करणी उद्योगको आरोप लागेपछि आत्महत्या
दार्चुलाको महाकाली नगरपालिका ७ का ५६ वर्षीय मदनसिह रैखोलाले जबरजस्तीकरणी उद्योगको आरोप लागेपछि आत्महत्या गरेको खुलेको छ। सोही ठाउँका एक युवतीमाथि बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका थि। प्रहरीले उजुरीको आधारमा दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा गाडीबाटै महाकाली नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाले मृत्युको बारेमा छानबीन गर्न समिति गठन गरेको छ ।