धनगढीमा नर्स मृत भेटिएको घटनाको अनुसन्धानको माग गर्दै प्रहरीमा जाहेरी
धनगढीमा स्टाफ नर्स मृत भेटिएको घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा कोठामा स्टाफ नर्स सोनम ऐर मृत अवस्थामा भेटिएको घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै आफन्तले प्रहरीमा उजुरी दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले मृतकका परिवारले घटनाको अनुसन्धानको माग गर्दै जाहेरी दर्ता गरेको बताए। उनले मृतकका आफन्तले आईतबार नै जाहेरी दिएको बताए। उनको सेती प्रादेशिक अस्पतालमा आईतबार नै शव परिक्षण गरिएको छ तर रिर्पोट आईसकेको छैन्।
शव परिक्षणको रिर्पोट आएपछि मात्र मृत्युका कारण खुल्ने प्रहरी निरिक्षक कार्कीले दिनेश खबरलाई जानकारी दिए। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० घर भएकी ऐर आईतबार बिहान मृत अवस्थामा फेला परेकी थिईन्। ऐर धनगढीको निसर्ग हस्पीटल र नवजीवन अस्पतालमा काम गर्दै आएको प्रहरीले जनाएको छ।