धनगढीमा स्टाफ नर्स मृत भेटिईन्
धनगढीमा स्टाफ नर्स मृत भेटिएकी छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० की स्टाफ नर्स २० वर्षीय सोनम ऐर मृत अवस्थामा भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले हसनपुरमा डेरामा बस्दै आएकी ऐर केही बेर अघि मृत अवस्थामा भेटिएको बताए। उनले ऐर बन्द कोठा भित्र सुतेकै अवस्थामा भेटिएको बताए। बाँकी कुरा अनुसन्धानबाट मात्रै खुल्ने प्रहरीले जनाएको छ।
उनका अनुसार अहिले मुचुल्का उठाउने काम भईरहेकाले शव कोठामै छ। ऐर धनगढीको निसर्ग हस्पीटल र नवजीवन अस्पतालमा काम गर्दै आएको प्रहरीले जनाएको छ।