डडेल्धुरामा वेवारिसे शव फेला
डडेल्धुरा: डडेल्धुरामा एक जना मृत फेला परेका छन्। जिल्लाको नवदुर्गा गाउँपालीका–२ प्रगतीशिल कबुलियती वन स्थित उच्चेपत्तर डाँडामा एक जनाको वेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुले जनाएको छ।
आइतबार विहान १०ः ३० बजेको समयमा अन्दाजी ४०/५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। प्रहरी नायव उपरीक्षक न्यौपानेका अनुसार शबको प्रकृति हेर्दा शवमा (औसा किरा) परी सडेको छ।
‘शव सडेकोले मृतकको सनाखत हुन सकेको छैन्।’ उनले भने, ‘घटनास्थलमा शब जाँच प्रकृती मुचुल्का समेतको प्रारम्भिक कार्य गरी पोष्टमाटमको लागि डडेल्धुरा अस्पताल डडेल्धुराको शव गृहमा ल्याइएको छ।’