सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन

२०७६ पुष १३, १२:२० खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शनिबारको भन्दै आईतबार केही चिसो घटेको छ। हावापानी फिल्ड कार्यालय अत्तरियाले शनिबारको तुलनामा धनगढीमा आज कम चिसो भएको जनाएको छ।

कार्यालयले आज विहान न्यूनतम तापक्रम ७ दशमलव शुन्य डिग्री सेल्सियस रहेको जनाएको छ। शनिबार भने धनगढीको तापक्रम २ दशमलव ८ डिग्री सेल्सीयस मापन गरिएको थियो।  

पछिल्लो केही दिन यता बढेको चिसोले सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित भएको छ। 

कमेन्ट लोड गर्नुस