धनगढीमा अछाम सेवा समितिको भवन उद्धघाटन
धनगढी: धनगढीमा अछाम सेवा समितिको भवन उद्धघाटन गरिएको छ। धनगढी उप–महानगरपालिका– १ शिवनगरमा नवनिर्मित लालमुगा स्मृित भवनको उद्घाटन गरिएको हो। धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले भवनको उद्घाटन गरेका हुन्।
अछाम सेवा समितिले आफ्नो पुरानै जग्गामा हलसहितको भवन निर्माण गरेको हो। भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले विभिन्न जिल्लामा पुर्खेउली घर भएर धनगढीमा रहेका व्यक्तिहरुले स्थापना गरेका सेवा समितिहरुबिच समन्वय आवश्यक रहेको बताए।
धनगढी उप–महानगरपालिका– ५ का वडा अध्यक्ष हिरासिंह पातलीले धनगढी सबै क्षेत्रबाट बसाई सरेर आएका व्यक्ति र समुदायको शहर भएको बताए। कार्यक्रम अछाम सेवा समाजका अध्यक्ष कृष्णराज जोशीको अध्यक्षतामा भएको थियो। संस्थाको १७औँ समाधारणसभा पनि अझै सम्पन्न भएको छ।