धनगढीको निङगलासैनी गुरुकुल संस्कृत विद्यापिठलाई दाउरा सहयोग
धनगढीको निङगलासैनी गुरुकुल संस्कृत विद्यापिठलाई दाउरा सहयोग गरिएको छ। उप–महानगरपालिको चटकपुरमा रहेको जलादेवी काठ मिलका संञ्चालक गौरीलाल ओझाले एक ट्याक्टर दाउरा सहयोग गरेका हुन्। यो संगै यही पुस १५ गते हुने संस्कृत विद्यापिठको पाचौँ वार्षिकोत्सवको लागि आवश्यक सहयोग गर्न केही व्यक्ति तथा संस्थाहरुले आश्वासन दिएको विद्यापिठका प्रध्यानाध्यापक खगेन्द्र अवस्थीले बताए।
उनका अनुसार धनगढीको दाहल पुस्तक पसलले विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने, धनगढीकै स्थानीय शतिष अग्रवालले नास्ताको व्यवस्था गर्ने, खगेन्द्र जोशीले १० दर्जन केरा प्रदान गर्दान गर्ने, बावा टेलिभिजनले निशुल्क छायाङ्कन गर्ने र अंकित ट्रेडसले अथिती सम्मानको लागि २५ वटा खादा प्रदान गर्नेछ।