कैलालीमा मोटरसाईकल चोरीमा संलग्न दुईजना पक्राउ
कैलाली: कैलालीमा मोटरसाईकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका– ३ बस्ने टेक कुवँरको से६प ६६१४ नम्बरको मोटरसाईकल चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीले चोरी भएको मोटरसाइकलसहित गोदावरी नगरपालिका– २ बस्ने २४ वर्षीय कृष्ण विक र डोटीको पूर्वीचौकी गाउँपालिका– ४ का २२ वर्षीय युवराज खडकालाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवैजनाविरुद्ध मोटरसाईकल चोरी शिर्षकमा मुद्धा दर्ता गरेको र अदालतबाट ७ दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए।