सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा भीओआर,डीएमई उपकरण जडानमा ढिलाईले उडान प्रभावित

२०७६ पुष ११, ०१:३९ जनक विष्ट

भ्रमण वर्ष नजिकिए पनि धनगढी विमानस्थलमा भीओेआर÷डिएमई उपकरण जडान गर्न ढिलाई हुँदा समस्या भएको छ। कम भिजिविलीटी अर्थात प्रतिकुल मौसममा पनि उडान भर्न सकिने गरी जापनी सहयोग नियोग जाईकाले विमानस्थलमा भीओआर/डिएमई उपकरण जडान गरिरहेको भएपनि ढिलाई हुँदा समस्या भएको हो।

उपकरण जडान गर्न ढिलाई भएपछि प्रतिकुल मौसम भएका दिन उडान प्रभावित हुने समस्या देखिन थालेको छ। जाईकाले गत वर्षको माघदेखि  भीओआर/डिएमई उपकरण जडानको काम सुरु गरेपनि अहिले सम्म सम्पन्न नहुँदा उडान प्रभावित हुन थालेका हुन्।

भीओआर डिएमई उपकरण जडान भए, कम भिजिविलीटीमा पनि उडान भर्न सकिने भएपनि जडान गर्न भएको ढिलाईका कारण अहिले प्रतिकुल मौसम भएको दिन उडान प्रभावित हुन थालेको हो। उपकरण जडान नहुँदा नेपाल एयरलाईन्सको उडान प्रभावित हुँदै आएको छ भने श्री एयरलाईन्सको नयाँ विमान मार्फत समेत उडान भर्न सकिएको छैन्।

धनगढी विमान स्थल कार्यालयका प्रमुख तेजबहादुर बुढ थापाले भीओआरडिएमई उपकरण जडान नहुँदा प्रतिकुल मौसममा नेपाल एयरलाईन्स र श्री एयरलाईन्सको उडान प्रभावित हुने समस्या रहेको बताए। श्री एयरलाईन्सको एउटा जहाजले अहिले विमान स्थलमा  स्याटेलाईट प्रविधिका आधारमा प्रतिकुल मौसममा उडान गरिरहेको बताए।

नेपाल उड्डयान प्राधिकरणले भीओआरडीएमई उपकरण जडानको तयारी गरिरहेकै बेला २०७४ साल चैत ११ गते बुद्ध एयरको एटीआर जहाजले धनगढीबाट रात्रिकालीन उडान गरेको थियो। त्यसअद्धि धनगढी विमानस्थलमा पाँच हजार मिटर अथवा पाँच किलोमिटर भिजिबिलिटीमा मात्रै जहाज उडान र अवतरण हुने गरेको थियो।

बुद्ध एयरले नागरिक उड्डयन प्राविधरणको स्वीकृतिमा जीएनएसएस अर्थात् ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम जडान गरेपछि उसका जहाज धनगढी विमानस्थलमा पाँच हजारको भिजिबिलिटीको सट्टा १७ सय मिटरको भिजिबिलिटीमै उडान गर्दै आएका छन्। तर अन्य विमान कम्पनीका लगि भिओआर डिएमई उपकरण नै आवश्यक देखिएको छ।

हुस्सु र शितलहरका कारण कम भिजिविलिटी भएपछि मंगलबार साँझ हुने श्रीएयरलाईन्सको  उडान समेत प्रभावित भएको थियो। भ्रमण वर्ष नजिकिदै गएका बेला कम भिजिविलीटीका कारण उडान प्रभावित हुने क्रम बढेपछि हवाई मार्ग भएर आउने पर्यटकलाई समस्या पर्ने देखिएको छ।

तर नेपाल नागरिक उड्यन प्राधिकरणले बढिमा छ महिना भित्र जाईकाले उपकरण जडानको काम सम्पन्न गर्ने दावी गरेको छ। नेपाल नागरिक उड्यन प्राधिकरणबाट धनगढी विमानस्थल हेर्दै आएका मदनराज काफ्लेले बढिमा छ महिना भित्र जाईकाले उपकरण जडानको काम सम्पन्न गर्ने बताए।

प्राधिकरणले जापानी सहयोग नियोग (जाइका)बाट उपकररण जडानको अनुदान पाएको थियो। उक्त उपकरण जडानका लागि जाइकाले जापानकै एनईसी कर्पोरेसन कम्पनीलाई ठेक्का दिइसकेको छ। तर अहिलेसम्म पनि भीओआर/डीएमई उकरण जडान सम्पन्न नभएको हो।  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस