सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक महिनादेखि विद्युत सेवा प्रभावित

फाईल फोटो
फाईल फोटो
२०७६ पुष ११, १२:२० खबर संवाददाता

अछाममा एक महिना देखि विद्युत सेवा प्रभावित भएको छ।  जिल्ला दैनिक १६ घण्टा सम्म विद्युत सेवा अवरुद्ध हुन थालेपछि उद्योग धन्दा, सञ्चार सेवा प्रभावित भएका छन्। तर विद्युत प्राधिकरणले भने राष्ट्रिय प्रसारण लाईन विस्तारको काम भइरहेकाले विद्युत सेवा प्रभावित भएको जनाएको छ।

डोटीको पिपल्ला बजारदेखि अछामको साफेबगर सम्म ६५ किलोमिटर क्षेत्रमा राष्ट्रिय प्रसारण लाईन विस्तार भईरहेकाले सेवा प्रभावित भएको  प्राधिकरणको प्रदेश कार्यालय अत्तरियाका प्रमुख सतिशकुमार कर्णले बताए।

राष्ट्रिय प्रसारण लाईन विस्तार र मर्मतको काम सम्पन्न भएपनि साफेबगरमा रहेको सव–स्टेशन चार्ज गर्ने काम भईरहेकाले दिउसो विद्युत सेवा अवरुद्द हुने गरेको बताए।

केही दिन भित्र काम सम्पन्न भएर नियमित विद्युत सुचारु गरिने उनले जानकारी दिए। तर प्राधिकरणले पूर्व सूचना बिनै लाईन मर्मतका नाममा विद्युत कटौती गर्दा समस्या भएको गुनासो गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस