प्रदेश सरकारका योजना लक्षितवर्ग सम्म पुग्न नसकेको गुनासो
सुदूरपश्चिम प्रदेश सरकारका योजना अझै लक्षित वर्ग सम्म पुग्न नसकेको गुनासो गरिएको छ। धनगढीमा आयोजना गरिएको महिलाको न्याय र स्रोतमा पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन्।
डिसिएको सहयोग र दलित महिला अधिकार मञ्च कैलालीको आयोजनामा धनगढीमा भएको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीले प्रदेश सरकारको बजेटमाथि लक्षित वर्गको पहुँच पुग्न नसकेको गुनासो गरे। कार्यक्रममा न्यायमा पहुँच बढाउन नागरिक समाजको भूमिका प्रभावकारी बन्नु पर्ने प्रदेश सभा सदस्य दुर्गा विकले बताइन्।
दलित महिला अधिकार मञ्चकी अध्यक्ष साबित्रा घिमिरेले प्रदेश सरकारका योजना अझै लक्षित वर्ग सम्म पुग्न नसकेको बताइन्। महिलाहरूको न्याय र स्रोतमापहँुच बढाउन स्वयम् महिलाहरू जुट्न आवश्यक रहेको उनको भनाई छ।