सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली नगरपालिकाभित्र अनिवार्य अंग्रेजी माध्यममा आधारभूत शिक्षा

२०७६ पुष ८, ०६:५४ खबर संवाददाता

बैतडी: बैतडीको मेलौली नगरपालिकाभित्रको शैक्षिक गुणस्तर सुधारका लागि मेलौली नगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयमा आधारभूत तहमा अनिवार्य अंग्रेजी शिक्षा लागू गर्ने भएको छ।

मेलौली नगरपालिकाको पाँचौं नगरसभामा उक्त निति प्रस्तुत गरिएको हो। पहिलो चरणमा बालविकास र कक्षा १ मा अनिवार्य अंग्रेजी माध्यमबाट पढाई गर्ने नगरपालिकाले निति लिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए। सामुदायिक विद्यालयमा अभिभावकको कम आकर्षण भएकाले अंग्रेजी माध्यममा पढाई गर्ने नीतिगत निर्णय गरेको उनले बताए।  

नगरपालिकाको पाँचौं नगरसभाले ५२ करोड ४१ लाख ९३ हजार ९४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गत असारमा सम्पन्न चौथो नगरसभाले पारित गरेका केही योजनालाई फेर बदेल गर्दै बजेट पारित गरिएको हो।  

गत असारमा नगरपालिकाले ३७ करोड ६५ लाख ७९ हजारमा सामाजिक सुरक्षा, संघीय अनुदान लगायतका शीर्षक थपेर बजेटको आकार बढाएको नगरपालिकाले जानकारी दिएको छ।  

कमेन्ट लोड गर्नुस