धनगढीमा एसपिए द्वारा अनाथालयलाई सहयोग
जाडो र विशेष गरी क्रिस्मसलाई लक्षित गरी हेल्पिङ हेन्ड समूह एसपिएले अनाथालयलाई सहयोग गरेको छ। क्रिसमस दिवसको अवसर पारेर द हेल्पिङ हेन्ड्स एसपिएले धनगढीमा अवस्थित आमाको माया छात्रावासलाई न्यानो लुगा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
समूहका सदस्य नारायण पेलाको नेतृत्वमा आमाको माया छात्रबासमा रहेका ३२ जना अनाथ बालबालिकालाई टोपी, मोजा र कापी कलम हस्तान्तरण गरीएको हो। शितलहरसंगै बढेको चिसोका कारण छात्रावासमा टोपी र मोजाको अभाव रहेको खबर पाएपछि सहयोग गरीएको संयोजक पेलाले जानकारी दिए।
सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिए मा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको समूह द हेल्पिङ हेन्ड्स् विगतका समयमा पनि विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय रहदै आएको उनले बताए।