अछाममा २७ दिनदेखि वेपत्ता १६ वर्षीया किशोरी वनमा मृत फेला
अछाम: अछाममा २७ दिनअघि वेपत्ता भएकि किशोरी मृत फेला परेकि छिन्। जिल्लाको कमलबजार नगरपालिका–७ जामाकी १६ वर्षीया बासु जैसी कमलबजार नगरपालिका–६ को उराईटी वनमा आइतवार साझ मृत अवस्थामा फेला परेकी हुन्। घाँस काट्न चिलिमे वनमा गएकी उनी मसिर १० गतेदेखि वेपत्ता भएकी थिइन।
स्थानीय महिलाले घाँस काट्ने क्रममा उनलाई फेला परेको प्रहरीले जनाएको छ। मृतक बासुको अनुहारको केहि भागमा मासु नभएको र शरिर अंगभंग भएको बताइएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी दिपक भारतीले बातए। मृतकको जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई शव बुझाइएको जनाइएको छ।