बझाङमा गाउँपालिकाद्वारा न्यानो कपडा वितरण
बझाङ: बझाङको खप्तड छान्ना गाउँपालिकाले जेष्ठ नागरिक, असहाय, विपन्न वर्ग तथा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ।
हिउँदमा अत्याधिक चिसो हुने भएकाले सोमबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाले उनीहरुलाई ब्ल्याङकेट वितरण गरेको हो। गएको हप्ता परेको पानी र हिउँसंगै अत्याधिक चिसो बढेपछि गाउँपालिकाले वडा कार्यालयहरुको सिफारिसमा जेष्ठ नागरिक, अति विपन्न वर्ग, अपाङ्गता भएका व्यक्तिहरु, एकल महिलालाई एकएक वटा ब्ल्याङकेट वितरण गरेको हो।
गाँउपालिकाले झण्डै १५० भन्दा बढीलाई ब्ल्याङकेट वितरण गरेको गाँउपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले बताए। गाउँपालिकाबाट न्यानो कपडा पाएपछि स्थानीय हर्षित भएका छन्।