कैलालीको सहाराघरमा बस्नेहरुलाई झाडापखाला
कैलाली : कैलालीको बौनियामा रहेको सहाराघरमा आश्रय लिएकाहरुलाई झाडापखाला लागेको छ। केही अगाडी परेको पानीका कारण झडापखाला लागेको हुनसक्ने स्वास्थ्यकर्मी समेत रहेका सहारा घरका अध्यक्ष बलबहादुर विष्टले बताए।
सहाराघरमा बस्नेहरुलाई चिसोको कारण लाग्ने झाडापखाला अर्थात कोल्ड डायरिया लागेको उनले बताए। टिनको छनामुनी बस्दै आएका असाहयहरुको उपचारमा समस्या भइरहेको उनले बताए। उपचारका लागि विभिन्न निकायहरुलाई खबर गर्दापनि बेवास्ता गरेको विष्टले दुखेसो गरे। अहिले सहराघर आफैलै उनीहरुको सामान्य उपचार गरिरहेको अध्यक्ष विष्टले बताए।
हाल बौनियाको सहाराघरमा सेवकसहित ६५ जना बस्दै आएका छन्। हालसम्म सहारा घरमा आश्रय लिएका मध्ये ७१ जना बिना औषधि सन्चो भएर घर फर्किसकेको साहराघरले जनाएको छ।
अहिले साहराघरमा भौतिक संरचनासहित खानेपानी, स्वास्थ्य उपचारको समस्या देखिएको छ।