पर्यटकका लागी सहज वातावरण बनाउन कैलाली ट्राफिक प्रहरीको आग्रह
धनगढी: जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पर्यटकको सहजताका लागि अभियान सञ्चालन गरेको छ। ट्राफिक प्रहरीले धनगढीको चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मका व्यापारीहरुलाई जाम नहुने गरी वातावरण मिलाइदन गर्न आग्रह गरेका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरोज ठकुराठीले व्यापारीहरुलाई मुख्य बजारमा ट्राफिक जाम नहुनेगरि यातायात पार्किङ गर्न आग्रह गरिएको बताए।
नेपाल भ्रमण वर्ष २०२० सुरु भइरहेकाले पर्यटकको सहजताका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
धनगढीको मुख्य बजार क्षेत्रमा सवारी जामको समस्या रहेकाले त्यसते जाम लागे खबर गर्न व्यापारीहरुलाई आग्रह गरिएको ठकुराठीले बताए। त्यस्तै उनले दैनिक पर्यटन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत बताए।