सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभाको टोलीलाई पोखरामा स्वागत

२०७६ पुष ६, ०७:५८

प्रदेशसभाबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ पोखरा आएको सुदूरपश्चिम प्रदेशसभाको टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रमबीच स्वागत गरिएको छ।

सुदूरपश्चिम प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङ नेतृत्वको १७ सदस्यीय टोलीलाई गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्वागत गरेका थिए। भ्रमणले दुवै प्रदेशसभाले यस अवधिमा भए गरेका गतिविधि तथा अनुभव साटासाट गर्न महत्वपूर्ण सहयोग पुगेको उनले बताए। उक्त अवसरमा सङ्घीयताको कार्यान्वयनसँगै संसदीय अभ्यासका सम्बन्धमा भइरहेका अनुभव, काम कारवाहीलगातय विषयमा छलफल एवं अन्तक्र्रिया गरिएको थियो।

छलफलमा उपसभामुख शर्माले गण्डकी प्रदेशसभामा अघिकांश विषय सर्वसम्मत् परित भएका अनुभव सुनाउँदै प्रदेशलाई समृद्ध र विकासको मार्गमा लैजान सबैको एकताबद्ध प्रयास भइरहेको बातए। भ्रमण टोली नेता प्रमुख सचेतक तामाङले एक हप्ते अध्ययन अवलोकनका क्रममा सङ्घमा राष्ट्रियसभा, प्रतिनिधिसभासहित प्रदेश नं– १, ३ र ५ को भ्रमण सम्पन्न गर्दै गण्डकी प्रदेश आएको जानकारी दिए।

सबै प्रदेशसभा कानून निर्माणले गति लिनुका साथै विकास निर्माणमा क्रियाशील बनेका भ्रमणका क्रममा पाएको बताउँदै उनले सबैतिर सङ्घीयताको संस्थागत विकासको अभियान चलिरहेको उल्लेख गरे। सुदूरपश्चिम प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले सङ्घीयता नेपालका लागि नयाँ संरचना र अनुभव भएकाले भ्रमणले आन्तरिक पर्यटन प्रद्र्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे।  -रासस
 

कमेन्ट लोड गर्नुस