सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २६ लाख भारतीय रुपैँया चोरीमा संलग्न दुई महिला जेल चलान

२०७६ पुष ६, ०७:०५ खबर संवाददाता

कैलालीमा २६ लाख भारतीय रुपैँया चोरीमा संलग्न रहेका दुई महिला धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन्। गत कात्र्तिकमा भारतबाट चोरी गरी ल्याएको २६ लाख सहित पक्राउ परेका बर्दोगोरिया गाउँपालिका वडा नम्बर ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशीलाइ कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसपछि दुवैजना संग धरौटी माग गरिएपनि बुझाउन नसकेपछि कारागार चलान गरिएको जानकारी दिए।

बस्नेतका अनुसार चोरीमा संलग्न भएको आरोप लागेकी शर्मिला खड्कासंग २१ लाख ६० हजार र बसन्ती पोखरेल जैसीसंग अदालतले २० लाख धरौटी माग गरेको थियो।

उनीहरुसंगै पक्राउ परेका भजनी नगरपालिका वडा नम्बर ८ का एकेन्द्र भण्डारी भने यसअघि नै साधारण तारेखमा छुटेका थिए। उनीहरुले भारतको बैङ्लोरबाट चोरी गरेको प्रहरीले जनाएको छ।     
 

कमेन्ट लोड गर्नुस