कैलालीमा अबैघ घरेलु मदिरा नष्ट
प्रहरीले कैलालीका विभिन्न स्थानबाट घरेलु मदिरा नष्ट गरेको छ। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका अन्र्तगतका विभिन्न स्थानबाट ७ सय ५० लिटर घरेलु मदिरा तथा अन्य २ सय लिटर मदिरा बरामद गरी नष्ट गरीएको प्रहरीले जनाएको हो।
सचेतनामूलक कार्यक्रम अन्र्तगत विद्यार्थीहरुको गुनासो पछि अवैघ घरेलु मदिरा बरामद गरी नष्ट गरीएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए। उनले विद्यालय क्षेत्र वरिपरि अवैध घरेलु मदिराको व्यवसाय गरिरहेका व्यवसायीहरुको मदिदा स्थानीय व्यापारी, समाजसेवी तथा सञ्चारकर्मीको रहोबरमा नष्ट गरीएको जनाए।