डोटीको शैलेश्वरी मन्दिर परिसरमा सरसफाई
डोटी: डोटीको शैलेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ। डोटी बहुमुखी क्याम्पसको स्वास्थ्य तथा खेलकुद इकाईले मन्दिर र क्याम्पस परिसरमा सरसफाई गरेको हो।
सुदूरपश्चिम प्रदेशको धार्मिक पर्यटकिय क्षेत्र शैलेश्वरी मन्दिर र क्याम्पस परिसरमा सरसफाई गरिएको विद्यार्थी नेता विरबहादुर विष्टले जानकारी दिए।
क्याम्पसका स्वास्थ्य तथा खेलकुद संयोजक सन्जीव भट्टका अनुसार विद्यार्थी र शिक्षकहरुको संयुक्त टोलीले सरसफाई गरेको हो।