सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रुखबाट लडेर महिलाको मृत्यु

२०७६ पुष ३, ०७:१४ खबर संवाददाता

कैलाली: कैलालीमा रुखबाट लडेर महिलाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका- ११ कि २९ वर्षीया तुलसी ऐरको रुखबाट लडेर मृत्यु भएको हो। 

सिताराम सामुदायिक वनमा सालको रूखमा चढेर दाउरा काट्ने क्रममा लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

वनका कोषाध्यक्ष दिपेन्द्र भण्डारीले टेलिफोन मार्फत उक्त घटनाबारे जानकारी दिएको र तत्काल प्रहरीको टोली घटना स्थलमा पुगेर शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको उनले बताए। 

कमेन्ट लोड गर्नुस