सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रियाशील पत्रकार महिलाको जिल्ला अध्यक्षमा कुँवर

२०७६ पुष २, ०५:४२ खबर संवाददाता

धनगढी: क्रियाशील पत्रकार महिला कैलालीको अध्यक्षमा दिनेश एफएमकी स्टेशन म्यानेजर अमिता कुँवर चयन भएकी छिन्। कैलालीको धनगढीमा आज भएको अधिवेशनले अमिता कुँवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

त्यसैगरि उपाध्यक्षमा  मर्निङ बेल दैनिककी प्रकाशक रमा भट्टराइ, सचिवमा रेडियो पश्चिम टुडेकी स्टेशन म्यानेजर भुवन जोशी, सह–सचिवमा हाकाहाकीकी सुदूरपश्चिम व्यूरो प्रमुख खेमा बस्नेत, कोषाध्यक्षमा दिनेश खबरकी सञ्जिता कुँवर चयन भएका छन्।

यस्तै सदस्यहरुमा जमुना न्यूरे, मनिषा चन्द, प्रिति परियार, सुनिता विक, रक्षा बाग्चन्द, रेसु बराईली, मनिषा श्रेष्ठ  चयन भएका छन्। १३ जनाको कार्यसमितिमा एकजना पछि मनोनय गर्ने जनाइएको छ। 

कमेन्ट लोड गर्नुस