कैलालीमा ट्र्याक्टरको ठक्करबाट बालककाे मृत्यु
२०७६ पुष २, ०३:११
कैलालीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ मुर्गवा स्थित फुपुको घरमा बस्दै आएका डोटीको जोरायलका १२ बर्षीय विशाल बलामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार विहान नवलपुर बाट पहलमानपुर तर्फ आउदै गरेको से १ त ४९२६ नम्बरको टेक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई ईलाका प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस