सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले ल्याएको १० करोडको साना सिचाँईका कार्यक्रम कार्यान्वयनमा ढिलाई

२०७६ मंसिर २६, १२:०९ भुवन भट्ट

सुदूरपश्चिमका किसानहरुले यसवर्ष पनि सिँचाई सुविधाको अभावका बिच हिउँदे बाली लगाउन थालेका छन्। सिँचाई सुविधाको अभावले आक्रान्त बनेका प्रदेशबासीले यसवर्ष पनि  गहुँ, जौँ लगायतका हिउँदे बाली आकाशे पानीकै भरमा लगाईरहेका हुन्। तर प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको साना सिँचाईका कार्यक्रम कार्यान्वयन गर्न ढिलाई गरेको छ।

मन्त्रालयले साना सिचाई कार्यक्रमका लागि १० करोड बजेट बिनियोजन गरेको छ। कैलाली कञ्चनपुर सहित नौ वटै जिल्लामा साना सिचाँईका कार्यक्रम कार्यान्वयन गर्ने भनिएपनि आर्थिक वर्षको चार महिना सम्म प्रक्रिया सुरु नभएको पाईएको हो।

मन्त्रालयका सूचना अधिकारी जनक राज बोहराले भने कार्यान्वयनको प्रक्रिया सुरु भईसकेको जानकारी दिए। चालु वर्ष भित्रै सम्पन्न गर्ने गरी बजेट बिनियोजन गरिएको छ। तर कार्यान्वयन गर्न ढिलाई भएपछि कार्यक्रमको उद्देश्य प्राप्त हुनेमा आशंका गरिएको छ।

अहिले कृषि ज्ञान केन्द्र र कृषि विकास निर्देशनालय मार्फत कार्यक्रम अगाडी बढाईसक्नु पर्ने भएता पनी किसानसँग सम्झौता गरीरहेकाले ढिलाई भएको मन्त्रालयले जिकिर गरेको छ। तर गत वर्ष पनी कार्यक्रम सँञ्चालनमा ल्याईएकाले धेरै झण्झटिलो नहुने हुँदा सिघ्र कार्यक्रम सञ्चालनको प्रक्रियामा रहेको दावी गरीएको छ।

सुदूरपश्चिमका ९ वटै जिल्लामा साना सिचाँई कार्यक्रम मार्फत पानी नपुगेका किसानहरुलाई सिचाई गर्न सहजता हुने अपेक्षाले कृषि ज्ञान केन्द्र तथा कृषि विकास निर्देशनालय मार्फत कार्यक्रम अगाडी बढाईने भएका हुन्। कैलाली कञ्चनपुर हेरिरहेको  कृषी ज्ञान केन्द्र कञ्चनपुरले २२ वटै स्थानीय तहका एक सय ५० किसानलाई अनुदानमा सिचाँई उपकरण उपलब्ध गराईने जनाएको छ।

किसानहरुको १५ प्रतिशत खर्च हुने गरी उनीहरुलाई सिचाईँ उपकरण उपलब्ध गराईने ज्ञान केन्द्रका प्रमख रामचन्द्र भट्टले जानकारी दिए। उनका अनुसार कैलाली, कञ्चनपुरमा तीन करोड ४० लाख रकम साना सिचाईका कार्यक्रमका लागि छुट्याईएको छ। मन्त्रालयबाट ढिलो गरी निर्देशन आउदा कार्यक्रम सुचारुमा केही ढिलाई भएपनी समयमै कार्यक्रम अगाडी बढाईने दावी गरीएको छ।  
 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस