सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा डढेलो निभाउने क्रममा जलेर किशोरको मृत्यु

२०७६ मंसिर २३, ०१:४५ खबर संवाददाता

बाजुरामा वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक किशोरको मृत्यु भएको छ।  जिल्लाको जगन्नाथ गाउँपालिकामा रहेको काउचाझुलाकाटिया सामुदायिक वनमा लागेका आगो निभाउने क्रममा वडा नम्बर १ का १५ वर्षीय किशोर रती बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगो निभाउने क्रममा लडेर घाईते भएका विकको कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ। शुक्रबार जलेर घाईते विकको शनिबार मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस