सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पनि मनाईयो स्वयंसेवक दिवस

२०७६ मंसिर १९, ०६:४६ खबर संवाददाता

कैलाली: कैलालीमा पनि १६औँ अन्तराष्ट्रिय स्वयंसेवक दिवस विभिन्न कार्यक्रमका साथ मनाईएको छ। धनगढी उप–महानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा धनगढी उप–महानगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरु बिच अन्तरवडा हाजिरि जवाफ प्रतियोगिताको आयोजना गरेको हो।

हाजिरी जवाफका साथै धनगढी उप–महानगरपालिका वडा नं १० र ९ ले संयुक्त रुपमा महिला स्वास्थ्य स्वयंसेवका दिवस मनाएको हो। त्यसैगरी वडा नं १४, १५ र १६ को फुलवारी स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ। धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले फुलबारी, उर्मा लगायत टाढाका वडाका स्वयंसेविकाहरुका लागि स्थानीय स्वास्थ्य संस्थामा नै कार्यक्रमको आयोजना गरिएको बताए।

यस्तै ‘गाउँ नगरमा महिला स्वयंसेवीका, स्वास्थ्य प्रवद्धनमा अहम भुमिका’ भन्ने नाराका साथ जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ मा दिवस मनाईएको हो। गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष कर्ण बोहराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण चौधरी प्रमुख अथिति रहेका थिए। यस्तै सो कार्यक्रममा वडा सदस्य करन सिंह राना, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य व्यवस्थापन समितिका सदस्यहरु, स्वास्थ्य कर्मचारी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस