सुदूर नेपाललाई विश्वसँग जोड्दै

दृष्टि फाउन्डेसनका असायहरुलाई न्यानो कपडा प्रदान

२०७६ मंसिर १८, ०८:५०

कैलाली: कैलालीमा रहेको दृष्टि फाउन्डेसनका असायहरुलाई न्यानो कपडा प्रदान गरिएको छ। चिसो मौसम बढेसँगै फाउन्डेसनमा रहेका २२ जना असाहयहरुलाई ब्याङकेट प्रदान गरिएको हो।

धनगढीका युवा मदन भट्टले फाउण्डेसनमा रहेको २२ जना महिला असाहयहरुलाई ब्याङकेट प्रदान गरेका हुन। साथै कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा पनि आफ्नो छोरीको जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसन नेपाल सेवा घरलाई रासन र फलफुल  वितरण गरेका छन्।

दृष्टि फाउन्डेसनले विगतदेखीनै सहाराविहीनहरुलाई संरक्षण दिँदै आएको छ।

 

कमेन्ट लोड गर्नुस