सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा खोप लगाएपछि शिशुको मृत्यु

२०७६ मंसिर १८, ०३:४२ खबर संवाददाता

डोटी– जिल्लाको जोरायल गाउँपालिका–वडा नम्वर १ मा खोपले एक शिशुको ज्यान लिएको छ। घण्टेश्वर स्वास्थ्य चौकी अन्तरगतको खार खोप केन्द्रमा मंगलवार खोप लगाएका स्थानीय टेकबहादुर मल्लका चार महिनाका नाती प्रविणको मृत्यु भएको हो। परिवारका सदस्यले खोपकै कारण ज्यान गएको दावी गरेका छन्। 

मंगलवार दिउसो २ बजे खोप लगाएर प्रविणलाई घर लगिएको राती सुतेकी अवस्थामा मृत्यु भएको थियो। उनलाई डीपीटी पेण्टा खोप लगाएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले स्विकार गरे। तर खोपकै कारणले मृत्यु भएको अहिले नै भन्न नससिकने उनले बताए।

उनका अनुसार मृतक शिशुको पोष्टमार्टमपछि के कति कारणले मृत्यु भयो भन्ने बारेमा थाह हुने बताए। पोष्टमार्टमका लागि डोटी लैजाने तयारी भएपनि डाक्टर नभएपछि मृतकको शव धनगढी ल्याईदै छ। घण्टेश्वर स्वास्थ्य चौकीका इन्चार्ज हिरा भट्टले नै खोप लगाएका थिए। 
 

कमेन्ट लोड गर्नुस