डोटीको बडिकेदार गाउँपालिकाले आफ्नै भवन निर्माण गर्दै
डोटी: डोटीको बडिकेदार गाउँपालिले आफ्नै भवन निर्माण कार्य थालनी गरेको छ। हाल गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको भवनमा कार्यालयबाट आफ्नो सेवा दिदै आएको छ।
गाउँपालिकाले ७० लाखको लागतमा नयाँ भवन निर्माण गर्न लागिएको बडिकेदार गाउँपालिकाका प्रशासकिय अधिकृत दिपकराज पाण्डेयले जानकारी दिए। उक्त भवनमा एक सभा हल र सबै शाखा अटाउने आफ्नै २२ कोठा हुने अधिकृत पाण्डेयले जानकारी दिए। एक वर्षमा काम सम्पन्न गर्ने गरी एसएस कन्सट्रक्सन दिपायल डोटीले कामको जिम्मा लिएको छ।
हाल गाउँपालिकाको भवनको जग खनेर भवनको निर्माणको काम सुरु भएको छ। ५ वडा रहेको गाउँपालिकामा २ वडाको आफ्नै भवन छ भने वडा नम्बर ५, ४ र १ मा पनि निर्माण कार्यपनि सुरु गरिएको बडिकेदार गाउँपालिका अध्यक्ष कृष्ण चन्दले जानकारी दिए।
निर्माण कम्पनी सँगको सम्झौता अनुसार पुष अन्तिम साता भवन गाउँपालिकालाई हस्तान्तरण गरिने अध्यक्ष चन्दले बताए।