धनगढीको पञ्चोदय माविका शिक्षक हिमालाल जैशीको निधन
२०७६ मंसिर १७, ११:३४
धनगढीको पञ्चोदय माविका शिक्षक हिमालाल जैशीको निधन भएको छ। लामो समयदेखि विरामी जैशीको आज धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर १ का बासिन्दा जैशीलाई ब्रेन स्टोक भएपछि झण्डै दुई साता सम्म भारतको रुद्रपुर स्थित मेडिसिटी अस्पतालमा उपचार गराईएको थियो।
केही दिन यता सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेकोमा आज निधन भएको हो। ५९ बर्षीय जैशी २०४४ सालदेखि शिक्षण पेशामा संग्लन थिए।
कमेन्ट लोड गर्नुस