सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भोट नदिएको भन्दै कांग्रेस कार्यकर्ताबीच कुटाकुट

२०७६ मंसिर १६, ०८:०९ खबर संवाददाता

बाजुरामा उपनिर्वाचनको विषयलाई लिएर त्रिवेणी–१ छतारामा कांग्रेस कार्यकर्ताबीच नै भोट नदिएको भन्दै कुटाकुट भएको छ।  काँग्रेसलाई भोट नदिएको भन्दै आक्रोश पोखेपछि आपसी कुटाकुट हुँदा एक जना घाइते भएका छन्। आपसी कुटाकुटपछि भीम चदारा घाइते भएका छन्। उनलाई मत नदिएको आरोप लगाएर कुटपिट गरिएको बताइएको छ। भीम चदारालाइ काँग्रेसकै कार्यकर्ता कालु चदाराले कुटपिट गरेको प्रहरीले बताएको छ।

घाइते भीम चदाराको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको बताईएको भने कुटपिट गर्ने कालु चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले कालु चदारा सहीत मदिरा सेवन गरेर गाउँमा होहल्ला गर्ने अन्य चार जनालाई पनि नियन्त्रणमा लिएको बताएको छ। 

आपसी विवाद उत्पन्न भएको छ। निर्वाचनमा हार बेहोरेपछि काँग्रेस आस्थावना कार्यकर्ता बीचमै आपसी विवाद भएको प्रहरीले बताएको छ। भोट दिए नदिएको बारे आरोप प्रत्यारोपको विषयले उग्ररुप लिएपछि विवादसँगै सामान्य कुटपिट भएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए। 

 

कमेन्ट लोड गर्नुस