जनमोर्चाको 'कालापानि अभियान' डोटीमा
डोटी: राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको 'कालापानि अभियान' आज डोटी पुगेको छ। आज विहान बैतडीको सदरमुकाम गोठलापानीमा आयोजित कोणसभाको समापन गरेर डोटीको दिपायल बजारमा आमसभाको आयोजना गरेको छ।
कालापानी अभियान अन्र्तगत डोटीको पिपल्लामा आयोजित आम सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश संयोजक एवं केन्द्रीय सदस्य मनोज भटट्ले वर्तमान सरकार आफुलाई राष्ट्रवादी हो की होइन भन्ने कुरालाई प्रमाणित गराउने समयमा रहेको बताएका छन्।
आमसभाका प्रमुख अतिथि समेत रहेका भट्टले भने ‘सरकारले राजनितिक रोटी सेक्नकालागि केही राष्ट्रीयता देखाए जस्तो गरेको हो की साच्चै वर्तमान सरकार राष्ट्रवादी हो यसको मुल्यांकन सरकारका भावी कार्यले निर्धारण गर्ने छ।’ ‘पञ्चायतकालिन सरकारका प्रधानमन्त्री कृतिनिधि विष्टले नेपालका उत्तरी सिमानाकामा रहेका १८ भारतीय सेनाका पोष्ट हटाउन सक्छन् भने दुई तिहाईको कम्युनिष्ट सरकारले किन हटाउन नसकेको’ उनले प्रश्न गरे।
साथै सदस्य भटट्ले प्रचण्डले कालापानी जानुभन्दा कालापानीबाट भारतीय सेना हटाउनका लागि पहल गर्नुपर्ने कुरामा जोड दिए। नेपाली जनताले नै नेकपालाई दुई तिहाईको मत दिएको बताउँदै भट्टले यदि राष्ट्रहितमा काम नगरे नेपाली जनताले नै नेकपालाई सडकमा ल्याउने दावी गरे।
कैलालीको धनगढीबाट मंसिर ११ गते देखि सुरु गरिएको कालापानि अभियान अन्तरगत मोटरसाईकल ¥याली अत्तरिया, डडेल्धुरा, खोड्पे, गोकुलेश्वर र दार्चुला सदरमुकाम खलंगा, बैतडी सदरमुकाम गोठलापानी हुँदै डोटीको पिपल्लामा आईपुगेको हो। धनगढी दार्चुला कालापानि अभियान सञ्चालन गरेको जनमोर्चाले भारतले नेपाली भुमी आफ्नो नक्सामा राखी सार्वजनिक गरेको जाली नक्सा खारेजीको माग गरेको छ। जनमोर्चाले स्थानीयलाई राष्ट्रियताका विषयमा जागरुकगराई सरकारलाई दवावदिन कालापानी अभियान सञ्चालन गरेको हो। गत कात्तिक १७ गते भारतले नेपालको भुमी मिचेर आफ्नो नक्सा सार्वजनिक गरे पछि नेपालमा भारतर विरुद्ध प्रदर्शन हुँदै आएका छन।
जनमोर्चा सुदूरपश्चिम प्रदेश समितीले भारतले नेपालको भुमी मिचेकाले जनता लाई सचेत गराई जागरुक गराउन कालापानि अभियान सञ्चालन गरेको हो। कालापानि अभियान अन्तर्गत मोटरसाईकल र्यालीको समापन मंसिर १७ गते दिउँसो कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीको सम्बोधन पछि गरिने छ ।